×

आज फागुन २ गते सोमवार हेर्नुहोस तपाईंको राशिफल

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्फूर्ति बढ्नेछ। धार्मिक कार्यमा समय बित्नेछ। सामाजिक कार्यमा खर्च बढ्नेछ। कुरा काट्नेहरू सक्रिय हुनेछन्। अध्ययन/अध्यापनमा मन जाने छैन।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्।  न्यायिक कार्यमा सफलता मिल्नेछ। आर्थिक लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक दायित्व बढ्नेछ। आज शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । पराक्रम बढ्नुका साथै कार्यमा प्रगति हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तिर्थाटनको योग छ । नयाँ कार्यको थालनी हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्नेछ। दैनिक कार्य प्रभावित हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। निर्णायक क्षमता बढ्नेछ। छालासम्बन्धी समस्या बढ्नेछ। प्रेममा बाधा आउनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। चिन्ता बढ्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
विद्या प्राप्ति हुनेछ। ज्ञानको कदर हुनेछ। लेखन कार्यमा रुचि बढ्नेछ। दैवीशक्तिमा विश्वास बढ्नेछ। अपेक्षाकृत लाभ मिल्नेछ। बुद्धि बढ्नेछ।
औद्योगिक क्षेत्रमा रोकावट आउनेछ। नविनकार्यको थालनी हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। मित्रको सहयोग प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
औद्योगिक क्षेत्रमा रोकावट आउनेछ। नविनकार्यको थालनी हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। मित्रको सहयोग प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

सोमबार २ फागुन २०७८ ०७:५८ AM मा प्रकाशित

प्रतिक्रिया