×

बागमतीमा एक महिनाको अवधिमा झण्डै ४०० कर्मचारीको सरुवा

images

काठमाडौं । बागमती प्रदेश सरकारले एक महिनाको अवधिमा करिब ४०० कर्मचारीहरु सरुवा गरेको छ । प्रदेशले बनाएको सरुवा तथा पदस्थापना कार्यविधि २०७६ लाई संशोधन गरेर ठूलो संख्यामा कर्मचारी सरुवा गरेको हो ।

सरुवा तथा पदस्थापना कार्यविधि २०७६ को अनुसार प्रत्येक आर्थिक वर्षको भदौ महिनामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतका कर्मचारी र असोज महिनामा प्रदेशका अन्य मन्त्रालयका कर्मचारीहरु सरुवा गर्न सकिनेछ । तर प्रदेश सरकारले उक्त कार्यविधिमा संशोधन गरी माघ मसान्त उल्लेख गरेर कर्मचारीहरुको सरुवा गरेको छ ।


बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव यमलाल भुसालले राजनीतिक अस्थिरताको कारण विगतमा कर्मचारीहरु सरुवा हुन नसकेकाले मन्त्रिपरिषदको स्वीकृतिमा कार्यविधि संशोधन गरी सरुवा गरिएको बताए ।

मुख्यमन्त्री कार्यालयका प्रवक्ता रमेश कुमार उपाध्याय लुईंटेलले दुई वर्षसम्म एकै स्थानमा काम गरेका कर्मचारीहरुलाई सरुवा गरिएको बताए । लामो समयसम्म एकै स्थानमा एउटै कर्मचारी हुँदा सेवा प्रवाह प्रभावकारी नहुने भएकाले कार्यविधि संशोधन गरेर कर्मचारी सरुवा गर्नु बाध्यात्मक कारण भएको उनले दाबी गरे ।


 

सोमबार २ फागुन २०७८ १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया