×

नेपालले पहिलो पटक यु-१९ क्रिकेट विश्वकप आयोजना गर्ने

images

काठमाडौं । नेपालले पहिलो पटक क्रिकेटको विश्वकप आयोजना गर्ने अवसर पाएको छ । नेपालले २०२७ को यु-१९ महिला विश्वकप क्रिकेट आयोजना गर्नेछ । यो विश्वकप नेपालले बंगलादेशसँग मिलेर आयोजना गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बोर्डले २०२४ देखि २०२७ सम्म आईसीसी यू-१९ प्रतियोगिताको आयोजक राष्ट्रको आज घोषणा गरेको हो । आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको हो ।

आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियलाई सन् २०२४ देखि २०२७ सम्ममा आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो । यस्तै २०२४ को यू-१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु १९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन्। 

यस्तै सन् २०२५ को यू१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु-१९ महिला टी२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन्। नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो। 

आइतबार​ २७ कात्तिक २०७९ ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया