×

जब बगैँचा विवादमा ७१ वर्षीय वृद्धले छिमेकी परिवारलाई गोली हाने...

images

फ्रान्सको ब्रिट्नीको सेन्ट-हर्बोटमा ११ वर्षीया बेलायती बालिकालाई आइतबार गोली हानी हत्या गरिएको छ। 

सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत गर्दै जनाएअनुसार बगैंँचामा देखिएको विवादका क्रममा उनका छिमेकीले गोली हानेका हुन्। आक्रमणमा बालिकाका आमा-बुवा गम्भीर घाइते भएका छन्।

उनकी ८ वर्षीया बहिनी भने भाग्न सफल भइन्। उनको परिवार बगैँचामा बसेका बेला ७१ वर्षीय डच छिमेकी बन्दुक लिएर आक्रमण गर्न आएको  बताइएको छ। 

घटनामा ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेको र आमाबाबुलाई गम्भीर चोट लागेको बताइएको छ। घटनाको एक घण्टापछि आक्रमणकारीले आत्मसमर्पण गरेको प्रहरीले जनाएको  छ।

प्लोनेभेज–डु–फाउ रेजिन गुइलोटको टाउन हलका कर्मचारीका अनुसार बगैँचाको सिमानामा रहेका रूखहरू काट्ने विषयमा असहमतिका कारण गोली हानिएको हो। रासस

मङ्गलबार ३० जेठ २०८० ०२:१३ PM मा प्रकाशित

प्रतिक्रिया