×

साउन २७ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
आहार विहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्न नहोला । अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
मनमा उदासिन्ता बढ्ने, काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विश्वास गरेकाले धोका दिनेछन् । बिहान काम बन्नेछ, बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । मान सम्मान पाउन सकिन्छ । पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धन कमाउने योग छ, साथै फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसँग पनि भेटघाट होला । काम बन्नाले सुखको अनुभव हुनेछ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
खानामा सचेत रहनु पर्ने दिन छ । अनावश्यक झमेलामा परिएला । यात्राको क्रममा सावधान रहनु होला । काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा परिएला । काममा समस्या देखिएला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अन्न लाभ होला, अनौठो खबर सुन्न पाइएला । तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
आयआर्जन हुने दिन छ । यात्राको संभावना छ । नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ । फलिफाब हुने दिन छ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ । टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ ।

शुक्रबार​ २७ साउन २०७९ ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया