×

शेयर बजार चार दिनसम्म बन्द

images

शेयर बजार भोलीबाट चार दिनसम्म बन्द हुने भएको छ। उक्त दिन सार्वजनिक विदा परेको कारण शेयर बजार बन्द हुने भएको हो।

शुक्रवार निर्वाचनका लागि सार्वजिनक बिदा दिइएकाे छ । शुक्रबार शेयर बजार बन्द नै हुने गर्छ। बैशाख ३१ गते शनिवार परेकाे छ । जेठ १ गते आईतबार परे पनि सरकारले त्यही दिनदेखि आइतवार पनि सार्वजनिक विदा दिने घाेषणा गरेकाले बजार बन्द हुने भएकाे हाे ।  जेठ २ गते  सोमबार बुद्ध जयन्ती परेको कारण सार्वजनिक विदा हुने छ।
 

बिहीबार २९ बैशाख २०७९ ०१:२९ PM मा प्रकाशित

प्रतिक्रिया