×

एमाले प्रमुख सचेतकमा गिरी, सचेतकमा बर्तौला

images


काठमाडौं । नेकपा एमालेले, प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरीलाई नियुक्त गरेको छ।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले, निवर्तमान स्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतकमा र सचेतकमा अर्का युवा सांसद महेश बर्तौलालाई नियुक्त गरेका हुन्। 

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २२ सय मतान्तरले हराएका एमालेका गिरी मंसिर ४ को निर्वाचनमा पर्वतबाट विजयी भएका थिए। 

गिरीले पुस ११ गते गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ४२ दिन काम गरे। त्यसैगरी बर्तौलाले मकवानपुर क्षेत्र नम्बर २ मा आफ्नै गुरु एवम् नेकपा

एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई हराएका थिए। 

आइतबार​ २८ फागुन २०७९ ०६:३० PM मा प्रकाशित

प्रतिक्रिया