×

बेलौरीमा फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै

images

कञ्चनपुर, २९ फागुन: बेलौरी नगरपालिकामा फोहर पानी प्रशोधनसहितको ढल निर्माण अगाडि बढाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु १८ करोडको लागतमा बेलौरी बजार क्षेत्रमा प्रशोधनसहितको ढल निर्माण सुरु गरिएको हो । बेलौरी बजारको नौ किलोमिटर क्षेत्रमा ढल निर्माण भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताउनुभयो । “ढल निर्माणका लागि ड्रेन निर्माण भइरहेको छ, ढल निर्माणपछि त्यसमा पाइप राख्छौँ”, उहाँले भन्नुभयो, “ढलको पानी पाइपमार्फत प्रशोधन केन्द्रसम्म पुर्‍याउछौँ ।” बजार क्षेत्रको प्रदूषित पानी मेसिनको सहायताले प्रशोधन गरिने उहाँले बताउनुभयो । प्रशोधन केन्द्र निर्माणका लागि एककठ्ठा जग्गा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । ढल निर्माणसँगै प्रशोधन केन्द्रमा मेसिन राख्ने काम भइरहेको उहाँको भनाइ छ । “ढलमै पाइप राखिने भएकाले पानी सिधैँ प्रशोधन केन्द्रमा पुग्छ”, उहाँले भन्नुभयो ।

मङ्गलबार २९ फागुन २०८० ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया