×

झापा : मेचीनगरकाे चाउचाउ उद्याेगमा लागेकाे आगाे अझै नियन्त्रणमा आएन

images

काठमाण्डाै ।  झापाको मेचीनगर नगरपालिका वडा नम्बर १४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा लागेको आगो अझै निभेको छैन । 

आगो बिहान चार बजेदेखि लागेको हो । 

मेचीनगर नगरपालिकाका उपमेयर मिना पोख्रेल उप्रेतीका अनुसार अहिले दमकलको सहयोगमा सुरक्षकर्मी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् । 

उद्योगमा प्लाष्टिकको मात्रा धेरै भएकाले आगो निभाउन गाह्रो भइरहेको प्रहरीले जनाएकाे छ । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ वटा दमकलको प्रयोग गरिएको छ  । 

आगो निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो । 

बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । 

 

शनिबार २९ माघ २०७८ १२:३५ PM मा प्रकाशित

प्रतिक्रिया