×

कीर्तिमानी मूल्यमा किशन मुम्बईमा फर्किए

images

मुम्बई :  इन्डियन प्रिमियर लिग आइपिएल को मेगा अक्सन २०२२ मा भारतीय बायाँ हाते ब्याटर ईशान किशनलाई मुम्बई इन्डियन्सले कीर्तिमानी मूल्यमा किनेको छ । मुम्बईले किशनलाई १५ करोड २५ लाख भारुमा अनुबन्ध गरेको छ ।


ईशान किशनलाई किन्न पन्जाब किंग्स, सनराइजर्स हैदराबाद र मुम्बईबीच कडा प्रतिस्पर्धा भएको थियो । ईशान किशन आइपिएल अक्सन इतिहासमा विकेटकिपरको रुपमा सर्वाधिक मूल्य पाउने खेलाडी भएका छन् ।

ईशान किशनलाई मुम्बईले रिलिज गरेको थियो । यसअघि मुम्बईमा किशनले ६ करोड २० लाख भारु पाएका थिए । आइपिएल अक्सन इतिहासमा सर्वाधिक मूल्य गतवर्ष राजस्थान रोयल्सले १६ करोड २५ लाख भारु खर्चेको थियो । २०१५ मा तत्कालिन दिल्ली डेयर डेभिल्स ९दिल्ली क्यापिटल्स० ले युवराजसिंहलाई १६ करोड भारुमा अनुबन्ध गरेको थियो ।


प्याट कमिन्सलाई २०२१ मा कोलकताले १५ करोड ५० लाख र २०२१ मा बेंगलोरले काइल जेमिसनलाई १५ करोडमा किनेको थियो । विकेटकिपरलाई अक्सनमा लागेको यो हालसम्मको उच्च मूल्य हो ।

किशन टि२० का भारतीय विशेष पर्दछन् । मुम्बईलाई २०२० को उपाधि जिताउन ईशानले १४ खेलमा ५ सय १६ रनका साथ उत्कृष्ट प्रदर्शन गरेका थिए । किशन ओपनिङ र मध्यक्रम दुबैमा राम्रो ब्याटिङ गर्नेगर्दछन् । आक्रामक र ठूला सटका लागि निकै माहिर छन् । किशनले टि२० आईमा इंग्ल्यान्ड र ओडिआईमा श्रीलंकाविरुद्ध डेब्यूमै अर्धशतक बनाएका थिए ।


किशन ओडिआई र टि२० आई डेब्यूमै अर्धशतक प्रहार गर्ने पहिलो भारतीय खेलाडी हुन् । किशनले १ सय १० टि२० खेलमा २ शतक र १५ अर्धशतक सहित २ हजार ७ सय २६ रन बनाएका छन् । २०१६ मा किशनको कप्तानीमा भारतले यू१९ विश्वकपमा फाइनल यात्रा गरेको थियो । किशनले २ करोड न्यूनतम मूल्य राखेका थिए ।


 

शनिबार २९ माघ २०७८ ०५:५१ PM मा प्रकाशित

प्रतिक्रिया