×

युक्रेनमा आक्रमणको खतरा, आफ्ना नागरिकलाई बाहिरिन अष्ट्रेलियाको आग्रह

images

 क्यानबेरास् :  अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथी रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेको हो। 

रुसले युक्रेनसँगको सीमा क्षेत्रमा रहस्यमय तरिकाले हजारौँ सुरक्षाकर्मी तैनाथ गराएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरेको धेरैको दाबी छ। युक्रेन र रुसको सीमा क्षेत्रको अवस्था हेर्दा र विभिन्न चर्चा सुन्दा युक्रेनमा बसिरहनु अहिले सुरक्षाको दृष्टीकोणले अत्यन्त खतरा छ, त्यसैले हाम्रा सबै नागरिकलाई युक्रेनबाट बाहिरिन अनुरोध गर्दछौं, प्रधानमन्त्री मोरिसनले भनेका छन्। 

उनले युक्रेनमा अशान्ति नहोस् भन्ने आफूले चाहेको भए पनि द्वन्द्वको अवस्था सिर्जना हुने खतरा देखिएको उल्लेख गरे। युक्रेनमा अहिले सुरक्षाको सुनिश्चितता नरहेको र जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले त्यहाँ बसिरहनु उपयुक्त नहुने मोरिसनको भनाइ छ

शनिबार २९ माघ २०७८ ०३:५८ PM मा प्रकाशित

प्रतिक्रिया