×

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। 

बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्। प्रधानमन्त्री र ओलीबीच अहिले छलफल जारी छ । प्रधानमन्त्री प्रचण्डले आजै सत्ता साझेदार दलको बैठक बोलाएका छन् ।

गठबन्धनमा आबद्ध दलहरुसँगको संयुक्त बैठकअघि प्रचण्ड र ओलीबीच छलफल भइरहेको जनाएको छ । स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्ने ओली बालुवाटार पुगेका हुन्। 

बिहीबार २८ पुस २०७९ ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया