×

तोलामा रु दुई सयले घट्यो सुनको मूल्य

images

काठमाडौँ, २९ चैतः स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ््घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख छ हजार छ सय निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा रु दुई सयले घटेको छ ।

यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ । 

बिहीबार २९ चैत २०८० १२:३९ PM मा प्रकाशित

प्रतिक्रिया