×

स्टिलजन्य उत्पादनको निर्याततर्फ लम्कियो जगदम्बा

images

काठमाडौं । जगदम्बा ग्रुपले केही दिनअघि वीरगञ्जबाट कोलकाता पोर्ट हुँदै ९२ टन कलर कोटेड कोइल्स तथा सिट श्रीलंका निर्यात गर्‍यो । श्रीलंकाली आपूर्तिकर्ताले गरेको अर्डरअनुसार पहिलो पटक ९२ टन कोटेड कोइल्स तथा सिटको डेलिभरी दिएको हो ।

स्टिलको रंगिन पाताको रोल श्रीलंकामा फर्निचरमा प्रयोग गर्ने गरी निर्यात भएको हो । लामो तयारीपछि नेपालबाट पहिलोपटक स्टिलजन्य उत्पादन तेस्रो मुलुकमा निर्यात सम्भव भएको जगदम्बा ग्रुपको निर्यात युनिट प्रमुख अमित खेरले बताए ।

शुक्रबार​ २८ माघ २०७८ ११:५७ AM मा प्रकाशित

प्रतिक्रिया