×

निहारिका राजपुतले गरिन विवाह 

images

काठमाडौ । निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । जनकपुरधामको जानकी मन्दिरमा गएर उनीहरुले  विवाह गरेका हुन् ।  बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी दिएको निहारिको माघ १७ गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका थिए । निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् ।

उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् । निहारिकाले बच्चा शिवराजको नै भएको बताउँदै डीएनए परीक्षणको माग गरेकी थिइन् । परीक्षण गर्दा डीएनए पनि मिलेको थियो ।

शनिबार २८ माघ २०७९ ०९:१४ AM मा प्रकाशित

प्रतिक्रिया