×

तीन तहको समन्वय र सहकार्य आवश्यक’

images

मार्तडी : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले  विकास निर्माणका कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

    नेपाल पत्रकार महासङ्घ बाजुराद्वारा यहाँ  आयोजित पत्रकार सम्मेलनमा उहाँले तीन तहको समन्वय र सहकार्य नहुँदा विकास निर्माणका कार्यमा छिटोछरितो हुन सकेको छैन ।  बाजुराको पर्यटकीय र कृषि क्षेत्रमा सम्भावना थुप्रै रहेकाले प्रवद्र्धन गर्नका लागि प्रदेश सरकार तयार रहेको मन्त्री सोडारीको भनाइ छ ।

    प्रदेश सरकारका गौरवका आयोजना मार्तडी–कोल्टी, मार्तडी–घटमुना, बल्दे आटिचौर लगायतका सडक तत्काल निर्माण गरी सञ्चालन गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केन्द्रको सरकारको गठबन्धनले प्रदेश सरकारमा कुनै असर गर्दैन । सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा समाजवादी ठूलो दल भएकाले कांग्रेससँग कुनै सम्बन्ध छैन ।” नेकपा समाजवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री सोडारीले अन्य दलसँग सहकार्य गरेर पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा भाग लिने जानकारी दिनुभयो । 
––– 

शुक्रबार​ २८ माघ २०७८ ०२:४१ PM मा प्रकाशित

प्रतिक्रिया