×

रुसले समुद्री मार्ग अवरुद्ध गर्‍यो युक्रेन

images

काठमाडौं :   रुसले आफ्नो समुद्री मार्गहरु अवरुद्ध गरेको युक्रेनले आरोप लगाएको छ। 

बेलारुससँगको क्षेत्रमा बढ्दो तनावका बीच रुसले दस दिने सैन्य अभ्यासको तयारी गरिरहेको छ। सैन्य अभ्यासको बहानामा रुसले समुद्री मार्गहरु अवरुद्ध गरिरहेको युक्रेनले आरोप लगाएको हो। युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले आजोभ सागरलाई पूर्ण रूपमा अवरुद्ध गरिएको र रुसी सेनाले काला सागरलाई पूर्ण रूपमा अलग गरिसकेको बताए। 

रुसले युक्रेनी सीमामा एक लाख सेना तैनाथ गरेको छ तर युक्रेनमा आक्रमणको सम्भावनालाई अस्वीकार गर्दै आएको छ। फ्रान्सले शीतयुद्धपछि बेलारुसमा रूसको सबैभन्दा ठूलो तैनाथी अभ्यासलाई हिंस्रक संकेत भनेको छ। 

यसैबीच अमेरिकाले युक्रेनमा बस्ने आफ्ना नागरिकलाई रूसी सैन्य कारबाहीको बढ्दो खतराका कारण तत्काल युक्रेन छोड्न आग्रह गरेको छ। साथै, अमेरिकाले यो सैन्य अभ्यासलाई वर्तमान परिस्थितिको बीचमा अझ संकट बढाउने टिप्पणी गरेको छ। 

रुसले सैनिक अभ्यास आगामी हप्ता युक्रेनको दक्षिणमा अवस्थित दुई समुद्र ब्ल्याक सी र आजोभ सागरमा गर्ने तयारी गरेको छ।  रुसले उक्त अभ्यासमा क्षेप्यास्त्र र बन्दुक प्रहार गर्ने बताएको छ। 

शुक्रबार​ २८ माघ २०७८ ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया