×

प्रणय दिवसमा धमलाको ‘सुनन’ म्युजिक भिडियो

images

काठमाडाँ :  प्रणय दिवस नजिकिँदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियो सार्वजनिक हुँदैछन् । फेबु्रअरी १४ का दिन विश्वभर प्रणय दिवस मनाउने गरिन्छ ।
  

यसैक्रममा युवा गायक प्रदीप धमलाले ‘सुनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । युवा, प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको सो गीतमा गायक धमलाकै शब्द र सङ्गीत रहेको छ ।

  शिवम् रसाइलीले यस गीतमा सङ्गीत संयोजन गर्नुभएको हो । अनिल कटुवालले छायाङ्कन र सम्पादन गर्नुभएको उक्त भिडियोमा सविता कुटु र गायक धमलाको अभिनय हेर्न सकिन्छ । भिडियोमा ‘द’ डान्स सोर्स समूहकोसमेत प्रस्तुति रहेको छ । म्युजिक भिडियो ओपिडी ट्युन्स नामक च्यानलमार्फत् सार्वजनिक भएको हो ।

शुक्रबार​ २८ माघ २०७८ ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया