×

अवरुद्ध सहिदमार्गको रिका खण्ड पुनः सञ्चालन

images

गतसातादेखि हिमपातको कारण अवरुद्ध सहिदमार्ग सञ्चालनमा आएको छ । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको सिमानामा पर्ने सो सडकको रिका खण्ड बिहीबारबाट सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक  गणेशबहादुर श्रेष्ठले अवरुद्ध सहिदमार्ग  पुनः सञ्चालन आएको  जानकारी दिनुभयो ।

वर्षेनी हिमपातका कारण सहिदमार्गको सो खण्डमा सडक अवरुद्ध हुने गर्छ । हिमपातकै कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना खण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन ।

प्रहरीद्धारा मास्क वितरण अभियान

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले मास्क वितरण अभियान सुरु गरेको छ । बजार, बाटोमा मास्क नलगाई हिँड्ने सर्वसाधरणलाई मास्क वितरण गरेको हो । कोभिड–१९सङ्क्रमणलाई नियन्त्रण गर्न मास्क वितरण अभियान थालेको प्रनाउ श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार सदरमुकाम रुकुमकोटमा एक हजार मास्क वितरण गरिएको छ भने अन्य ठाउँमा प्रहरी युनिटमार्फत मास्क वितरण गरिने छ । पछिल्लो समयमा मानिसले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न छोडेका छन् । 

शुक्रबार​ २८ माघ २०७८ ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया