×

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् ।

उनी आज बेलुका ओलीलाई भेट गर्न ओली निवास बालकोट पुगेका हुन् ।

भेटवार्तामा मन्त्रीहरुको बाँडफाँट विषयमा छलफल हुने बताइएको छ ।

मंगलबार सदनमा कांग्रेससहित बहुमत सांसदको विश्वासको मत पाएका प्रचण्ड सत्ता साझेदार दल एमालेका अध्यक्ष ओली भेट्न बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

बुधबार २७ पुस २०७९ ०८:३५ PM मा प्रकाशित

प्रतिक्रिया