×

एमालेबाट घनश्याम भुसाल, प्रभु साहसहित १३ जना निष्कासित

images

काठमाडौं । नेकपा एमालेले नेताहरू स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई कारबाहीस्वरुप पार्टीबाट हटाएको छ । शनिबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको चौधौं सचिवालय बैठकले स्थायी कमिटी सदस्य घनश्याम भुसाल, प्रभु साहलगायतलाई कारबाही स्वरूप निष्कासन गरेको हो।

बैठकपछि एमालेले प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूलाई कारबाही गरेकोबारे जानकारी दिएको हो। कारवाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह छन्। उनीहरूसहित १३ जनालाई पार्टीले कारबाही गरेको हो।

त्यस्तै केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह र कुन्दन कुशवाह, रामप्रीत राम, बद्री न्यौपाने,रिता साह, गंगा चौधरी, टेकबहादुर वलाम्पमकीलाई केन्द्रीय सदस्यबाट हटाएको हो । केन्द्रीय निकायका वांदी शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि एमालेले कारबाही गरेको छ ।
त्यस्तै समानुपातिकतर्फको बन्दसूचिमा नाममा रहेकी जैनव खातुन पनि पार्टी विरोधी गतिविधिमा लागेका भन्दै सूचिबाट उनको नाम हटाइएको एमालेले जनाएको छ।
 

शनिबार २४ मंसिर २०७९ ०६:४१ PM मा प्रकाशित

प्रतिक्रिया