×

निधन भएका थापाको ठाउँमा मानबहादुरले गरे मनोनयत दर्ता

images

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा नेपाली कांग्रेसले मानबहादुर लिम्बुले मनोनयन दर्ता गरेका छन् । यो क्षेत्रका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि नेपाली कांग्रेसले उनको स्थानमा बेलबारी नगरपालिका– ८ का लिम्बुलाई टिकट दिएको थियो ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्वसभापतिसमेत रहेका लिम्बू बेलबारी-८ का बासिन्दा हुन् । उनले समर्थकसहित गएर मनोनयन दर्ता गरेका हुन् ।  निर्वाचन आयोगले निधन भएर खाली रहेको उम्मेदवारको ठाउँमा नयाँ उम्मेदवारको मनोनयन दर्ता गर्न कांग्रेसलाई आज १ बजेसम्मको समय दिएको थियो ।

क्षेत्र नम्बर ३ को प्रदेश सभा १ का उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो । यो क्षेत्रमा नेकपा एमालेबाट दिलिप राईसहित अब ६ जना उम्मेदवार छन् ।

 

बिहीबार २४ कात्तिक २०७९ ०१:५४ PM मा प्रकाशित

प्रतिक्रिया