×

रेशम चौधरीको उम्मेदवारी कायम नहुने

images

ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन ।

जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय ठहर भैसकेका चौधरीले प्रतिनिधिसभा सदस्य चुनावका लागि करार मुकरर गरी उम्मेदवारी दिएका हुन् । हाल उनी काठमाडौंको डिल्लीबजारस्थित सदर जेलमा छन्। जेलमा भएकाले पनि उम्मेदवारी दिन पाउँछन् ।

तर कानुनअनुसार उम्मेदवारी कायम नहुने निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए। 'कसैले पनि सुरुमा उम्मेदवारी दिन पाउँछन्। जेलमा भएका मान्छेले पनि प्रतिनिधि मुकरर नियुक्ति गर्न सक्छन् । प्रतिनिधिले जेलमा बसेको व्यक्तिको उम्मेदवारी दर्ता गराउन सक्छन्', वाग्लेले भने, 'तर कानुनले निर्दिष्ट गरेका विषयमा संलग्न व्यक्तिको उम्मेदवारी कायम हुने छैन ।' आजको नागरिक दैनिकमा समाचार छ ।

सोमबार २४ असोज २०७९ ०९:१४ AM मा प्रकाशित

प्रतिक्रिया