×

दह्रो खुट्टा टेक्नुभयो भने तपाईंको फिल्म चल्छ- महामन्त्री गगन थापा

images

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने बताएका छन् । साथै उनले  प्रतिनिधिसभाको बैठकमा बोल्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएको प्रगतिमा प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिए ।

उनले भने, ‘यसका हामी सबैको एउटै आवाज छ संलग्न जोसुकै होस् । जुनसुकै दल, तह र ओहोदाको होस् । कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ बजारको हाल्ला, भेटघाट र कुनै प्रभावले छानबिनमाथि प्रभावित हुन नहुने उनले बताए ।

‘मेरो आग्रह छ, अनुसन्धान फ्री र फेयर होस् निर्दोष कोही नपरोस् तर दोषी छ भने नेता होस् कि नाता होस् । एउटा पनि नछुटोस्’ उनले भने, ‘यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने यो भन्दा अगाडि उसले सुशासनको नारा लगाउन सक्छ, तपाईको फिल्म चल्छ, हाउसफुल हुन्छ, नभए हल खाली हुन्छ ।’

बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि कारबाही हुनुपर्ने बताए ।


 

बुधबार २७ बैशाख २०८० ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया