×

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ

images

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी  बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो । साथै  खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा केसीलाई पक्राउ गरिएको हो। केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले खाँणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो। प्रहरी हिरासतमा रहेका सचिव टेकनारायणले पूर्वगृहमन्त्री खानकै निर्देशनमा आफूले काम गरेको बताएका थिए। उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले गत बुधबार पेप्सीकोलाबाट पक्राउ गरेको थियो।

खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको थियो। कार्यदलका संयोजक र सदस्यले सोमबार बयानका क्रममा गृह मन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन आफूहरूले तयार गरेको नभई अर्कै भएको बयान दिएका थिए।  यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार रहँदै आएका छन् ।

उनलाई एकसाता अघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भएपनि फरार रहँदै आएका हुन् ।  खाँण र केसी पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीको नियन्त्रणमा आउनेको संख्या १२  पुगेको छ।  

यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र  रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ। 

बुधबार २७ बैशाख २०८० १०:५५ AM मा प्रकाशित

प्रतिक्रिया