×

सिंहदरवारभित्रको फोहर नउठानुमा मेयर बालेनको १४ स्पष्टिकरण  

images


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले सिंहदरवारभित्रको फोहर नठाउनुको १४ कारण सार्वजनिक गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत १४ कारण सार्वजनिक गर्दै सिंहदरवारले महानगरपालिकालाई पटक–पटक वेवास्ता गरेको दाबी गरेका छन् । त्यसो हुँदा फोहर नउठाउने महानगरको निर्णय लहडमा नगरिएको उनको भनाई छ । 

उनले फेसबुकमा लेखेका छन्,‘केहि दिन अगाडि बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नु पर्यो । त्यो लहडमा अनायासै गरिएको निर्णय थिएन । बारम्बार गरिएको प्रयासमाथिको वेवास्ता, गैरजिम्मेवारी र लापरवाहीको अहिलेसम्मको निष्कर्ष थियो । जसका कारणले त्यो बाध्यात्मक कदम उठाउनु परेको हो ।’
सिंहदरवार महानगरपालिकाभन्दा ५ सय मिटरको दुरीमा भएपनि सिंहदरवारभित्र बसेको सरकारसम्म महानगरपालिका पुग्न धेरै कसरत गर्नु परेको मेयर बालेनले भनेका छन् । 

उनले लेखेका छन्,‘सिंहदरबार काठमाडौँ महानगरमै पर्छ । अझ, महानगरको कार्यालयबाट ५ सय मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु पर्छ । संघीय सरकारकारुपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न ।’

५ सय मिटरको दुरीमा रहेको काठमाडौं महानगरपालिका नै वेवास्तामा पर्छ भने दुरदराजका समस्या सिंहदरवारले कहिल्यै नसुन्ने मेयर बालेनको दाबी छ । उनले लेखेका छन्,‘ ५ सय मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका मुद्दा त अगाडि बढ्दैनन् भने दुरदराजका स्थानीय तहहरुमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरुको सम्वोधनको अवस्था कस्तो होला ?’


 

 

 

 

सोमबार २७ चैत २०७९ १०:५७ AM मा प्रकाशित

प्रतिक्रिया