×

सिर्जनशील र उदियमान पत्रकारिता पुरस्कार निरौला र सरदारलाई

images


विराटनगर । पत्रकार कल्याण कोष मोरङले सोमबार विराटनगरमा दुई जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा बीबीसी नेपाली सेवा मोरङमा कार्यरत बिक्रम निरौलालाई सिर्जनशील  र मकालु टेलिभिजन विराटनगरकी उषाकुमारी सरदारलाई उदियमान पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो । उनीहरुलाई क्रमशः ५१ हजार  १११ र ३१ हजार १११ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । 

पत्रकारहरुलाई सम्मान गर्र्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भने यस प्रकारले पुरस्कृत हुँदा सञ्चारकर्मीहरुलाई थप प्रेरणा प्राप्त हुने र जनताले सत्यतथ्यको आधारमा सूचना प्राप्त गर्न सहज हुनेछ । 

विसं २०४२ मा स्थापित उक्त पुरस्कारका लागि रु १० लाख ५० हजार अक्षय कोष स्थापना गरिएको छ।
प्रत्येक दुई बर्षमा सिर्जनशील र प्रत्येक बर्ष उदियमान पुरस्कार प्रदान गर्ने गरिएको छ ।
कोषले पत्रकारहरुलाई विरामी भएको अवस्थामा उपचारका लागि आर्थिक सहयोग समेत उपलव्ध गराउँदै आएको छ ।

सोमबार २७ चैत २०७९ ०६:२६ PM मा प्रकाशित

प्रतिक्रिया