×

संस्कृत विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउनुपर्छ– शिक्षामन्त्री

images

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सूचना प्रविधिको अधिकतम प्रयोगसँगै संस्कृत विश्वविद्यालयलाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । 

नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई आज यहाँ सम्बोधन गर्दै मन्त्री पौडेलले प्रविधिको प्रयोगसँगै सो विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसात् गर्दै विश्वविद्यालयको हितमा सार्थक उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । सन् २०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजना गर्ने संस्कृत विश्वविद्यालयको योजनामा आफू सकारात्मक रहेको भन्दै उहाँले कोरोनाका समयमा शिक्षा क्षेत्रलाई पाठ सिक्नुपर्ने र शिक्षाको परम्परागत शैली र संरचनालाई पुनःसंरचना गर्नुपर्ने बताउनुभयो । 
    
उहाँले भन्नुभयो, “अध्ययन÷अध्यापनका नवीन विकल्प खोज्दै जानुपर्ने भएको छ, अब विश्वविद्यालय मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योग विज्ञान र प्राकृतिक चिकित्साका साथै  खोज, अनुसन्धान र संरक्षणमा क्रियाशील रहनुपर्ने आवश्यकता भएको छ ।” 

बिहीबार २६ फागुन २०७८ ०९:२४ PM मा प्रकाशित

प्रतिक्रिया