×

आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

images

 काठमाडौं । नेपाल आयल निगममा रिक्त कार्यकारी निर्देशक पदका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

कार्यकारी निर्देशक छनोट समितिको बैठकले गोरखाका चण्डिकाप्रसाद भट्ट, तेह्रथुमका जीवनप्रकाश सिटौला र सुर्खेतका उमेशप्रसाद थानीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

उक्त पदका लागि आवेदन दिएका १६ उम्मेदवार मध्ये एक जना प्रतिस्पधाबाटै बाहिरीएका थिए । बाँकी रहेका १५ आवेदक सहभागी प्रतिष्पर्धामा सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ । सिफारिसको पहिलो नम्बरमा रहेका भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशक हुन् ।

सिटौला यसअघि उद्योग विभागको महानिर्देशक थिए । विभागबाट पुर्ननिर्माण प्राधिकरणमा सरुवा भएपछि उनी सहसचिवबाटै सेवा निवृत्त भएका थिए ।

सिफारिसको अन्तिममा रहेका थानी यसअघि विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए । निगममा नेतृत्वका लागि उनले आवेदन गरेपछि थानीको योग्यताबारे सार्वजनिक रुपमा प्रश्न उठेको थियो ।

 

बिहीबार २६ फागुन २०७८ १२:४९ PM मा प्रकाशित

प्रतिक्रिया