×

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु 

images

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । आजको एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वामा संयन्त्रको बैठक बसेको हो । 

बैठकमा राष्ट्रपति निर्वाचन र सत्ताबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बर्हिगमनका बिषयमा छलफल हुनेछ ।  बिहीबार दिउँसो बस्ने भनिएको संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल र संयन्त्रका संयोजक ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । भेटपछि प्रधानमन्त्री दाहालले शुक्रबार बिहानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका थिए ।
 

शुक्रबार​ २७ माघ २०७९ ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया