×

सिनेमा हलमा विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही- चलचित्र विकास बोर्ड

images

काठमाडौं । चलचित्र विकास बोर्डले सिनेमा हलमा विश्वकप फुटबल नदेखाउन नदेखाउन ध्यानाकर्षण गराएको छ । नियमित चलचित्र प्रदर्शनको शो समय जस्तै विश्वकप फुटबल प्रशारण हुन लागेको भन्दै बोर्डले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

विश्वकपका खेलहरु हलमा देखाए कारबाहीकाे चेतावनी पनि बोर्डले दिएको छ । बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारवाही गरिने चेतावनी दिएका छन् ।

‘‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ,’’ विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार​ २३ मंसिर २०७९ ०४:१८ PM मा प्रकाशित

प्रतिक्रिया