×

आयाेगकाे निर्देशन अवज्ञा गर्ने दुस्साहस गरे सह्य हुँदैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

images

काठमाण्डौ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिएका छन । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका सन्दर्भमा निर्वाचन आयोगले युवाहरूका सङ्घ–संस्था र युवा प्रतिनिधिसँग आज बुधवार आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो चेतावनी दियका हुन ।

साथै उनले   प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा आयोगले बुधबार युवाहरूका संघसंस्था र युवा अभियन्तासँग आयोजना गरेको  राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने बताएका हुन् ।

उनले आचारसंहिताको उल्लघंन र निर्देशनको अवज्ञा भएमा उल्लंघनकर्तालाई महँगो पर्न सक्ने चेतावनी दिए । थपलियाले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारबाही हुने स्पष्ट गरे । निर्वाचनको सन्दर्भमा आयोगले दिएका निर्देशनहरूको कसैले अवज्ञा गरे त्यो महँगो हुने उनको चेतावनी थियो ।

युवाहरूलाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उनले आचारसंहिताको उल्लघंन पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराए । निर्वाचनमा जित्ने उम्मेदवारभन्दा हार्नेको संख्या बढी हुने व्याख्या गर्दै उनले निर्वाचनपछिको राजनीतिक वातावरण धूमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाहरूले सकारात्मक भूमिका निर्वाह खेल्न सक्ने उल्लेख गरे । प्रमुख आयुक्त थपलियाले मतदान केन्द्रहरू सकेसम्म अपाङ्गता मैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट गरे । उनले भने  ‘मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस् । स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित चुनाव गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ ।’ 

बुधबार २३ कात्तिक २०७९ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया