×

ओलीद्वारा निर्दोषलाई फसाउने कोसिस नगर्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टलाई जोगाउने र प्रतिपक्षीहरुलाई मुद्दामा फसाउने खेलमा रहेको बताएका छन् । उनले ट्रेलर मात्र नभएर सिनेमा नै देखाउन प्रचण्डलाई चुनौती दिए ।

राष्ट्रिय युवा संघको सोमबार भएको वैठकमा ओलीले पार्टीले भ्रष्टाचारको ढाकछोप नगर्ने बताउँदै आफ्नो पार्टीविरुद्धमा षडयन्त्र हुन्छ भने त्यो सह्य नहुने चेतावनी दिए ।
प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने र प्रतिपक्षीलाई अनावश्यक रुपमा पोल्न लगाउने र मुद्दामा फसाउने प्रयासमा रहेको आरोप लगाउँदै ओलीले निर्दोषलाई फसाउने कोसिस नगर्न चेतावनी पनि दिए । आफूसँग भेटवार्तापछि बाहिर पत्रकारलाई प्रधानमन्त्रीले दिएको प्रतिक्रियाप्रति पनि ओलीले आपत्ति जनाए ।

अध्यक्ष ओली भने, ‘प्रचण्डजीलाई कार्यकर्ताले दुबोका माला लगाइदिए । त्यसपछि भन्नुभयो, यो त ट्रेलर मात्रै हो । फिल्म आउँदैछ । सिंगै फिल्म आउँदैछ भन्नुभयो । तपाईंको सिनेमाहलमा फिल्म कहिलेदेखि लाग्छ प्रचण्डजी ? अन्त त धुमधाम भइसक्यो । सँधै ट्रेलर मात्र किन सिनेमा चलाउनुस । किन हल रित्तै ? किन ताला लाग्या छ ? सञ्चारमाध्यममा फिल्म आइराख्या छ, तपाईं किन चुप ? देखाउनुस त फिल्म ।’

उनले भने, ‘प्रचण्डलाई जनताले चिनेकै छैन जस्तो गरेर, सेतो वस्त्र लगाएको, दूधले नुहाएको पवित्र अवतारका साथ मिडियामा प्रस्तुत हुन खोज्नुभो । म कसैको दबाब मान्दिनँ भन्नुभयो । के मैले उहाँलाई दबाब दिएको थिएँ ? मैले दबाब दिएको जस्तो पार्न खोज्नुभयो । उहाँ दुनियाँ लट्पटाउन सिपालु हुनुहुन्छ ।’

मङ्गलबार २६ बैशाख २०८० १०:४९ AM मा प्रकाशित

प्रतिक्रिया