×

देउवाको प्रमुख प्रतिपक्षी दलको नेता पद अझै दाउमै

images

काठमाडौं । संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टीका सभापति भएर पनि शेरबहादुर देउवाको प्रमुख प्रतिपक्षी दलको नेता पद अझै दाउमै छ ।

सर्वोच्च अदालतले संघीय संसद सचिवालयसँग नेपाली कांग्रेस संसदीय दलका नेता देउवालाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुको कारण बुधबार माग गरेपछि पार्टीको दाबी दाउमा परेको प्रमाणित भएको हो ।

देउवालाई विपक्षी दलको मान्यता दिने संघीय संसद् सचिवालयको निर्णयविरुद्ध अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सो रिटमा बुधबार न्यायाधीश सुस्मालता माथेमाको इजलासले रिट निवेदनमा विपक्षी बनाइएका सभामुख देवराज घिमिरे, संघीय संसद् सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषद्लाई लिखित जवाफ पेस गर्न आदेश दिएको हो । आजको नेपाल समाचारपत्र दैनिकबाट

बिहीबार २६ माघ २०७९ ०८:२९ AM मा प्रकाशित

प्रतिक्रिया