×

गृहमन्त्री खाँण र पर्यटनमन्त्री आलेबीच छलफल

images

गृहमन्त्री बालकृष्ण खाँण र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेबीच कोभिड–१९ प्रभावपछि पर्यटन क्षेत्रको अहिलेको अवस्थाबारे छलफल भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा दुई अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको अवस्था र समाधान गर्नुपर्ने विषयबारे कुराकानी भएको बताइएको छ ।  

दुई मन्त्रीबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे कुराकानी भएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार गौतमबुद्ध विमानस्थलमा सञ्चालनका लागि ‘क्यालिब्रेसन फ्लाइट’ गर्ने तयारी भइरहेको र त्यसपछि सञ्चालनमा ल्याउने तयारी सरकारको रहेको छ । 

छलफलमा पर्यटनमन्त्री आलेले कोभिड–१९ पछिको पर्यटनको अवस्था र अब गर्नुपर्ने पक्षबारे गृहमन्त्री खाँणलाई जानकारी गराउनुभएको थियो । पर्यटन क्षेत्र सुधारका लागि गृह मन्त्रालयले गर्नुपर्ने कामका बारेमा मन्त्री खाँणले बताउनुभयो ।

बुधबार २६ माघ २०७८ ०९:११ PM मा प्रकाशित

प्रतिक्रिया