×

कास्कीमा वडा तहसम्मै चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

images

काठमाण्डु । पाँच दलीय गठबन्धनले कास्कीमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गरेका हुन् ।

एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्यले सत्ता साझेदार दलको बैठकले ७२ वटै वडामा मिलेर उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए ।

पाँच दलको सहकार्य भएसँगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई भने चुनौती थपिएको छ । सरकारले बैशाख ३० मा स्थानिय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

 

बुधबार २६ माघ २०७८ ०१:२३ PM मा प्रकाशित

प्रतिक्रिया