×

साफ यू–२० महिला च्याम्पियनसिप फाइनल आज

images

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ । बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा साँझ पौने ६ बजे खेल सुरु हुनेछ । फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । 

पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो । पहिलो खेल हारे पनि त्यसपछि प्रदर्शनमा सुधार गर्दै नेपालले भुटान र भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो । 
 

बिहीबार २६ माघ २०७९ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया