×

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

images

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल बीच बुधबार बिहान भेटवार्ता भएको छ । अध्यक्ष नेपाल माओवादी अध्यक्षलाई भेट्न उनको निवास खुमलटार पुगेको हुन् ।

दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ । एमसीसीको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरू विभाजित रहेका छन् । एमसीसी संसद्मा टेबल गर्ने विषयमा सहमति हुन नसक्दा बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पनि सारिएको छ ।

अमेरिकाले फेब्रुअरीको अन्त्यसम्म एमसीसी पारित गर्ने डेडलाइन दिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न सभामुखलाई सन्देश पठाएका छन । सभामुखले पनि माहोल राम्रो नभएको भन्दै टेबुल नगर्ने अडान लिइरहेका छन् । यही विवादलाई पन्छाउन सभामुखले बैठक स्थगित गरेका छन । 

बुधबार २६ माघ २०७८ ०९:४७ AM मा प्रकाशित

प्रतिक्रिया