×

नेकपा एमालेका नेता यमबहादुर माओवादी केन्द्रको केन्द्रीय सदस्य मनोनीत

images

काठमाडौं । नेकपा एमालेका नेता यमबहादुर परियार (इन्द्रजीत) लाई नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य बनाएको छ । चुनाव अघि अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका परियार माओवादीले सार्वजनिक गरेको केन्द्रीय सदस्यको सूचीमा छन् ।

केन्द्रीय सदस्यहरुको सूचीमा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेताको नामसमेत भेटिए को छ।  अझ स्मरणीय के छ भने, माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै गृहजिल्ला निवासी हुन्।  

उनी माओवादी जनयुद्धमा प्रभावकारी भूमिका निर्वाह गरेका चितवनका स्थापित माओवादी नेता हुन्। तत्कालीन माओवादीको चितवन जिल्ला सह-इन्चार्ज रहेका उनी साबिकको नेकपा हुँदा जिल्ला अध्यक्ष भएका थिए । एमाले माओवादीको एकतापछि माअ‍ोवादीको भागमा परेको चितवनमा उनी अध्यक्ष भएका थिए । एमालेका तत्कालीन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल सचिव भएका थिए ।

पार्टीको एकता बदर भएपछि परियार माओवादीमा फर्किएका थिए । तर चुनावको मुखैमा पुनः उनी एमालेका प्रबेस गरेका थिए । माओवादी जनयुद्ध हुँदै शान्ति प्रक्रियासमेत पार्टीमा महत्वपूर्ण भूमिका खेलेका उनलाई अध्यक्ष प्रचण्डले सदैब परिवारवादलाई प्रश्रय दिएर आफूलाई अवमूल्यन गरेको आरोप लगाउँदै एमालेमा प्रवेश गरेको बताएका थिए। माओवादी अध्यक्ष  प्रचण्डको चुनाव क्षेत्र र पार्टीकै जिल्ला अध्यक्ष एमालेमा प्रवेश गरेपछि प्रचण्ड गोरखाबाट निर्वाचन लडेका थिए ।

बिहीबार २६ माघ २०७९ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया