×

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा बस्दै

images

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संयन्त्रको बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रपति निर्वाचन र सत्ताबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बर्हिगमनका बिषयमा छलफल हुनेछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ ।

सत्तारुढ  माओवादी  केन्द्रले राष्ट्रपतिमा साझा उम्मेदवारको प्रस्ताव अघि सारेको छ । पूर्व सहमति कार्यन्वयन हुन सक्ने अवस्था नदेखेपछि एमाले माओवादीसँग शशंकित छ । यही बिषयलाई केन्द्रमा राखेर बैठकमा छलफल हुनेछ । बैठकमा सरकारको पूर्णता सम्वन्धमा पनि छलफल हुनेछ । 

प्रधानमन्त्री निवास सचिवालयका अनुसार बैडकमा एमालेसँगै माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदार दलका प्रतिनिधि सहभागि हुनेछ ।

 सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको थियो । नेताहरुका अनुसार सुदरपश्चिम प्रदेश सरकारको विषयमा सत्तासाझेदार दलहरुका बीचमा सहमति जुटेको छैन् ।
 

बिहीबार २६ माघ २०७९ १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया