×

पाल्पा–तम्घास सडक मर्मत गरिने

images

पाल्पा–तम्घास सडकखण्डको जोर्ते क्षेत्रमा सडक मर्मत गरिने भएको छ । उक्त सडक १५ दिनसम्म मर्मत गरिने भएको हो । 

images

आमाको नाममा पाँच लाखको अक्षयकोष

बागलुङ : बागलुङ नगरपालिका–२ का  सुन्दरी श्रेष्ठ र ताराप्रसाद श्रेष्ठले आमा भद्रकाली राजभण्डारीको स्मृतिमा रु पाँच लाखको अक्षयकोष...

सडक फराकिलो बनाउनका लागि यही माघ २८ देखि फागुन १३ गतेसम्म बिहान ९ देखि अपरान्ह् ३ः३० बजेसम्म सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालका अनुसार ढुङ्गा कटान गरी सडकमा राख्नुपर्ने भएकाले दिउँसो यातायातका साधन सञ्चालनमा समस्या भए पनि साँझ–बिहान सडक खुला रहने छ । प्रदीप साइन जेभी बुटबलले सडक फराकिलो बनाउन थालेको छ । चट्टान कटान गरी सडक चौडा बनाउन थालिएको लम्सालले बताउनुभयो ।

बुधबार २६ माघ २०७८ ११:२९ AM मा प्रकाशित

प्रतिक्रिया