×

कंगनाले आलोचना गर्दा इज्जतको ख्याल नगरेको आरोप

images

भोजपुरी गायक मनोज तिवारी यतिबेला भारतीय राजनीतिमा सक्रिय छन् । उनले आफ्नो पार्टी भारतीय जनता पार्टीलाई हरेक अवसरमा खुलेर समर्थन र प्रचार गर्छन्।  तिवारीले बलिउड अभिनेत्री कंगना रनौतको बारेमा यस्तो बयान दिएका छन्, जुन सुनेर सबै छक्क पर्न सक्छन् । उनले अभिनेत्रीहरुले आफ्नो इज्जत गुमाउने बताएका छन् ।


तिवारीले हालै एक अन्तर्वार्तामा क्रममा आफ्नो राजनीतिक करियरका अलावा फिल्म स्टारका बारेमा पनि धेरै कुरा गरे । यसै क्रममा तिवारीले कंगना रनौतको बारेमा ठूलो बयान दिएका हुन् । उनले कंगनाले कसैको आलोचना गर्दा इज्जतको ख्याल गर्नुपर्ने बताए । यस क्रममा तिवारीले महाराष्ट्र सरकार र मुख्यमन्त्रीको उदाहरण दिएका थिए । उदाहरण दिँदै तिवारीले भने,‘कलाकारको आफ्नो धर्म हुन्छ, नत्र राजनीतिमा लाग्नुभएको हो भने यी सबै कुरा स्पष्टसँग भन्नुप¥यो।’

मनोज तिवारीले थप भने, ‘जब उनी ९कंगना रनोट० सुशान्त सिंह राजपूतको मृत्युपछि बोलिन्, मैले बुझें र मलाई लाग्छ महाराष्ट्र सरकार पनि उनीप्रति अलि कठोर थियो। त्यो पनि सही थिएन । तर उनी नम्र हुनुपर्छ। आफ्नो विचार राख्नु होला तर कसैको अपमान गर्नु हाम्रो देशको संस्कृतिमा छैन् ।’


 

बुधबार २६ माघ २०७८ ०१:३५ PM मा प्रकाशित

प्रतिक्रिया