×

यी हुन् कतार विश्वकप खेल्ने ३२ राष्ट्र (खेल तालिका सहित )

images

काठमाडौं । हरेक चार वर्षमा आयोजना हुने विश्व फुटबलको कुम्भ मेलाको यो संस्करण कतारमा हुँदैछ । विश्वकप फुटबलका लागि कतारले हालसम्मकै ठूलो लगानी गरेको छ । त्यसैले यो विश्वकपको विशेषता भिन्न छ । विश्वकप जति महँगो छ, त्यतिनै भव्य हुने अपेक्षा कतारको छ । कसैले कल्पना गर्न नसक्ने तरिकाले विश्वकप भव्य हुने कतारको दाबी छ । कतारले नयाँ रंगशालाहरूका लागि मात्र भनेर साढे ६ अर्ब डलर खर्च गरेको छ । विश्वकपकै लागि भनेर कतारले ड्राइभर आवश्यक नपर्ने मेट्रो सेवा समेत सुरु गरेको छ । पहिलोपल्ट अरब देशमा हुन लागेको विश्वकपलाई भव्य बनाउन कतारले कुनै कन्जुस्याइँ गरेको छैन ।

यो विश्वकपलाई इतिहासको कालखण्डमा सबैले स्मरण गरून् भन्ने कतारको चाहना छ । विश्वकपलाई नै विशेष बनाउन कतारमा अहिले पनि हजारौं कामदार दिनरात लागिपरेका छन् । विश्वकै धनी देशमध्येको एक कतारले बाटोको मर्मतदेखि होटलको पूर्ण तयारी गरिरहेको छ । प्राकृतिक ग्यासको धनी देश कतारले विश्वकपका लागि खर्च गर्न कन्जुस्याइँ गरेको छैन ।

विश्वकपका लागि नै कतारले तीन सय अर्ब डलरको बजेट विनियोजन गरेको थियो । उक्त बजेट भौतिक पूर्वाधार निर्माणका लागि थियो । कतारले यो विश्वकपका लागि तयारी सुरु गरेको एक दशक हुन थाल्यो । खर्चकै हिसाबकिताब गर्दा सन् २०१४ मा ब्राजिलले विश्वकप आयोजनाका लागि साढे ११ अर्ब डलर खर्च गरेको थियो । सन् २०१८ मा रुसले १४ अर्ब डलरको बजेट बनाएको थियो । कतारको जनसंख्या २८ लाखमात्र छ, तर यही देशलाई विश्वकै सबैभन्दा धनी देशमध्ये एक मान्न सकिन्छ ।

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ कतार सुरु हुन अब दुई साता भन्दा पनि कम समय बाँकी छ । पहिलो पटक जाडो मौसममा हुन लागेको विश्वकप फुटबल विश्वका अधिकांश क्षेत्रमा सञ्चालन भइरहेको क्लब लिग बीचमा स्थगित गरेर हुन लागेको छ । मुख्यतः युरोपका क्लब लिग खेलहरु त्यसको एक साता अघि मात्र स्थगित हुनेछ । युरोपका शीर्ष लिगका खेलहरु नोभेम्बर १२/१३ पछि ब्रेक गरिनेछ । विश्वकप डिसेम्बर १८ मा सकिनेछ र त्यसको एक सातापछि लिगका खेलहरु पुनः सुरु हुनेछन् ।आगामी मंसिर ४ गते हुने फिफा विश्वकप फुटबल-२०२२ को उद्‍घाटनमा घरेलु टोली कतारले इक्वेडरको सामना गर्नेछ।

समूह एमा रहेका कतार र इक्वेडरबीचको खेल मंसिर ४ गते आइतबार नेपाली समय अनुसार राति ९:४५ बजे अल बायत स्टेडियममा हुनेछ।  पहिलो दिन एउटा मात्र खेल हुने विश्वकप २०२२ को फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार राति ८:४५ बजे सुरू हुनेछ। कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहनेछ। 

समूह चरणमा एक दिनमा ४ खेल हुनेछन्। समूह चरणको खेल १२ दिनसम्म मंसिर ४ देखि १६ सम्म हुनेछ। यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको थियो । तर कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्न लागेको हो। समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।  

 

समूह विभाजन 
समूह ‘ए’ :

कतार
नेदरल्यान्ड
सेनेगल
इक्वेडर
 

समूह ‘बी’ :

इङ्ल्यान्ड
अमेरिका
इरान
वेल्स
 

समूह ‘सी’ :

अर्जेन्टिना
मेक्सिको
पोल्याण्ड
साउदी अरेबिया
 

समूह ‘डी’ :

फ्रान्स
डेनमार्क
ट्यूनिसिया
अष्ट्रेलिया
 

समूह ‘ई’ :

स्पेन
जर्मनी
जापान
कोष्टारिका
 

समूह ‘एफ’ :

बेल्जियम
क्यानडा
क्रोएसिया
मोरक्को
 

समूह ‘जी’ :

ब्राजिल
स्वीटजरल्यान्ड
सर्बिया
क्यामरून
 

समूह ‘एच’ :

पोर्चुगल
उरुग्वे 
दक्षिण कोरिया
घाना
नेपाली समय अनुसार खेल तालिका

समूह चरण

मंसिर ४, २०७९

१. कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे) - समूह ‘ए’ 

मंसिर ५

२. सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे) - समूह ‘ए’

३. इंग्ल्यान्डविरुद्ध इरान (राति ६:४५ बजे) - समूह ‘बी’

४. अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे) - समूह ‘बी’

मंसिर ६

५. फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे) - समूह ‘डी’

६. डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे) - समूह ‘डी’

७. मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे) - समूह ‘सी’

. अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे) - समूह ‘सी’

मंसिर ७

९. बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे) - समूह ‘एफ’

१०. स्पेनविरुद्ध कोस्टा रिका (राति ९:४५ बजे) - समूह ‘ई’

११. जर्मनीविरुद्ध जापान (राति ६:४५ बजे) - समूह ‘ई’

१२. समूह ‘एफ’ – मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे) - समूह ‘एफ’

मंसिर ८

१३. स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे) - समूह ‘जी’

१४. उरुग्वेविरुद्ध दक्षिण कोरिया (राति ६:४५ बजे) - समूह ‘एच’

१५. पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे) - समूह ‘एच’

१६. ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे) - समूह ‘जी’

मंसिर ९

१७. वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे) - समूह ‘बी’

१८. कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे) - समूह ‘ए’

१९. नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे) - समूह ‘ए’

२०.  इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे) - समूह ‘बी’

मंसिर १०

२१. ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे) - समूह ‘डी’

२२. पोल्यान्डविरुद्ध साउदी अरेविया (राति ६:४५ बजे) - समूह ‘सी’

२३. फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे) - समूह ‘डी’

२४. अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) - समूह ‘सी’

मंसिर ११

२५. जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे) - समूह ‘ई’

२६. बेल्जियमविरुद्ध मोरोक्को (राति ६:४५ बजे) - समूह ‘एफ’ 

२७. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे) - समूह ‘एफ’

२८. स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे) - समूह ‘ई’

मंसिर १२

२९. क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे) - समूह ‘जी

३०. दक्षिण कोरियाविरुद्ध घाना (राति ६:४५ बजे) - समूह ‘एच’

३१. ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे) - समूह ‘जी

३२. पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे) - समूह ‘एच’

मंसिर १३

३३. वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे) - समूह ‘बी’

३४. इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे) - समूह ‘बी’

३५. इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे) - समूह ‘ए’

३६. नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे) - समूह ‘ए’

मंसिर १४

३७. अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे) - समूह ‘डी’

३८. ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे) - समूह ‘डी’

३९.  पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे) - समूह ‘सी’

४०.  साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे) - समूह ‘सी’

मंसिर १५

४१. क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे) - समूह ‘एफ’

४२. क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे) - समूह ‘एफ’

४३. जापानविरुद्ध स्पेन (राति १२:४५ बजे) - समूह ‘ईं’

४४. कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे) - समूह ‘ईं’

मंसिर १६

४५. घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे) -समूह ‘एच’

४६. दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे - समूह ‘एच’

४७. सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे) -समूह ‘जी’

४८. क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे) - समूह ‘जी’

प्रि–क्वाटरफाइनल (नकआउट)

मंसिर १७ शनिबार

४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे)

५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर १८ गते आइतबार

५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे)

५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

मंसिर १९ गते सोमबार

५३. समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे)

५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर २० गते मंगलबार

५५. समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता (राति ८:४५ बजे)

५६. समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

क्वाटरफाइनल

मंसिर २३ गते शक्रबार

५७. खेल नम्बर ४९ को विजेता र खेल नम्बर ५० को विजेता (राति १२:४५ बजे)

५८. खेल नम्बर ५३ को विजेता र खेल नम्बर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार

५९. खेल नम्बर ५१ को विजेता र खेल नम्बर ५२ को विजेता (राति १२:४५ बजे)

६०. खेल नम्बर ५५ को विजेता र खेल नम्बर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल

मंसिर २७ गते मंगलबार

६१. खेल नम्बर ५७ को विजेता र खेल नम्बर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार

६२. खेल नम्बर ५९ को विजेता र खेल नम्बर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान

पुस २ गते शनिबार

६३. खेल नम्बर ६१ को उपविजेता र खेल नम्बर ६२ को उपविजेता (राति ८:४५ बजे)

फाइनल

पुस ३ गते आइतबार

६४. खेल नम्बर ६१ को विजेता र खेल नम्बर ६२ को विजेता (राति ८:४५ बजे)

मङ्गलबार २२ कात्तिक २०७९ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया