×

नेपाली कांग्रेसद्वारा केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन

images

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्काशन गरेको छ । । मंगलबार पार्टीको अनुशासन आयोगले विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ जना नेता तथा कार्यकर्तालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको हाे । पार्टीको निर्णय विपरीतका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पार्टीबाट निकालेको हो ।

पार्टीको विधान बमोजिम ७४ जनालाई ५ वर्षसम्मका लागि पार्टी सदस्य समेत नरहनेगरी निकालेको एक विज्ञप्तिमा मार्फत जनाएको छ । आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ ।

यस्तै कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीहरू समेत अभिलेखबाट हटाइएको जनाएको छ । कांग्रेसले बागी उम्मेदवार तीनका प्रस्तावक एवं समर्थकको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन पनि निर्देशन दिएको छ ।

मङ्गलबार २२ कात्तिक २०७९ ०९:०६ PM मा प्रकाशित

प्रतिक्रिया