×

कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न किन भयो’

images

नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न नहुने बताउनुभएको छ ।
 
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सुन तस्करी प्रकरणमा सरकारी निकायले छानबिन र अनुसन्धान गरिरहेकाले संयमित र धैर्य कायम गर्नसमेत प्रतिपक्षका सांसदलाई आग्रह गर्नुभयो  । 
    
उहाँले कानून र संविधानले बलियो बनाएको संस्थामाथि अविश्वास उत्पन्न हुने कारणसमेत खोज्नुपर्ने बताउनुभयो । 
    
“सुन तस्करी प्रकरणमा सरकारको एउटा हातले कमजोरी ग¥यो एयरपोर्टमा, अर्को हातले फेरि पक्र्यो सिनामङ्गलचोकमा, यो बिर्सन हुन्न” उहाँले भन्नुभयो, “राजनीतिक प्रकृतिका घटना भए राजनीतिक मानिस राखौँ, सम्मानीत न्यायमूर्ति राखौँ, अनुसन्धान गरौँ र निष्कर्षमा पुगौँ । हामीलाई कोप्रति अविश्वास हो ? हामीले पालैपालो सरकारमा बसेर बनाएको संस्थाहरूप्रति हामी आफैँ अविश्वास गर्दैछौँ ।”     

कुनै पनि बहानामा सदन अवरुद्ध नगर्न सांसदहरूले सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ छ ।  “आज संसद् खुलेको छ, एकअर्कामा बधाई साटासाट गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “सदन खुलेको हो भने कति दिनका लागि खुलेको हो ? यसबारे कसलाई प्रश्न गर्ने ? हरेक समस्याको हल संसद् बन्द गरेर हुँदैन ।” 
 

मङ्गलबार २३ साउन २०८० ०९:११ PM मा प्रकाशित

प्रतिक्रिया