×

कर्णाली सरकारलाई स्वरोजगार कोषले सहयोग गर्ने

images


कर्णाली प्रदेश सरकारले वार्षिक दश हजारलाई रोजगार दिने लक्ष्य पूरा गर्ने उद्देश्यसहित विभिन्न निकायसँग छलफल सुरु गरेको छ । 

प्रतिवर्ष दश हजारलाई रोजगार दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य राखी अभियान सुरु गरेको प्रदेश सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग छलफल गरेको हो । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोका (कल्याण)सँग सोमबार यस विषयमा छलफल भएको हो । छलफलमा मुख्यमन्त्री शर्मासँग कोषका उपाध्यक्ष डा रोकाले कर्णालीमा लगानीको अवस्था, त्यसको प्रभाव र आकर्षण कस्तो रहेको छ भन्नेबारे जानकारी लिनुभयो । यस विषयमा मुख्यमन्त्री शर्माले कर्णालीको विकासको सम्भावना, लगानी तथा हालसम्म भएका गतिविधिका बारेमा बताउनुभयो ।

“हामीबीच मूलतः कर्णालीमा उत्पादित जडीबुटी तथा रैथानेबालीको व्यवस्थित निर्यातका लागि कर्णाली हाउस निर्माणलगायतका महत्वपूर्ण विषयमा छलफल भएको भयो,” उहाँले भन्नुभयो, “यसमा कोषले प्रदेश सरकारको लक्ष्य र अभियानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।” 

मुख्यमन्त्री शर्मासँगको छलफलमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा रोका, कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, कानुन तथा असूली शाखा प्रमुख लोकबहादुर खड्का, कर्णाली र गण्डकी प्रदेश अनुगमन अधिकृत जनकप्रसाद पाण्डेको सहभागिता थियो । 

मङ्गलबार २३ साउन २०८० ०४:५३ PM मा प्रकाशित

प्रतिक्रिया