×

सुन बजारमा भाउ वृद्धि हुने क्रम जारी

images

काठमाडौं । नेपालको सुन बजारमा भाउ वृद्धि हुने क्रम जारी रहेको छ । आज सोमबार छापावमल सुनको भाउ तोलामा ६ सय रुपैयाँ वृद्धि भएको छ । हिजो आइतबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा ६ सयले बढेर प्रतितोला १ लाख ३६ हजार २ सय पुगेको छ । अहिले सम्मकै यो भाउ नयाँ रेकर्ड हो ।

आज तेजाबी सुनमा पनि तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । साधारण बजारमा चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार २६ चैत २०८० ०१:०८ PM मा प्रकाशित

प्रतिक्रिया