×

आजदेखि सिंहदरबारको फोहोर उठ्दैन, देश सफा गर्न नेतालाई सिस्डोलमा डम्प गर्नुपर्छ- बालेन साह

images

काठमाडौं- काठमाडौं महानपालिकाका मेयर बालेन्द्र साहले देशको प्रमुख प्रशासनिक अखडा सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन्। उपत्यकाको फोहोर नुवाकोट र धादिङमा व्यवस्थापनका लागि संघीय सरकार र तिनका निकायले असहयोग गरेको भन्दै मेयर साहले यो घोषणा गरेका हुन्। 

फोहोर उठाउन स्थानीय नेताहरूबाट अवरोध हुँदै आएको संकेत गर्दै उनले देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने बताएका छन् । “आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ,” बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् ।

फोहोर व्यवस्थापनका क्रममा स्थानीयबाट पटक–पटक अवरोध हुने गरेपछि मेयर बालेनले सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै आएका छन् । फोहोर व्यवस्थापनमा राजनीतिक दलका नेताहरूबाटै प्रत्यक्ष तथा परोक्ष रुपमा असहयोग हुने गरेको उनले बताउँदै आएका छन् ।

 
शनिबार २५ चैत २०७९ ०९:०४ AM मा प्रकाशित

प्रतिक्रिया