×

कमल थापाले पार्टी छाडेपछि महामन्त्री पाठकले भने–सर्प्राइज भइयो, नयाँ पार्टी बनाए समर्थन गर्दिनँ

images

राप्रपाका महामन्त्री भुवन पाठकले पूर्वअध्यक्ष कमल थापाको मागका सन्दर्भमा पार्टीभित्र छलफल भइसकेको बेला एकएक पार्टी छाड्नु गल्ती भएको टिप्पणी गरेका छन् । उनले थापाले पार्टी छाड्ने घोषणा गर्नुले आफू आश्चर्यचकित भएको बताए । पार्टीको मङ्सिर दोस्रो साता सम्पन्न महाधिवेशनमा कमल थापा टिमबाट प्रतिस्पर्धामा उत्रिएका पाठकले थापाले राजीनामा गर्नुअघि आफूसँग कुनै सरसल्लाह समेत नरहेको जिकिर गरे ।

‘हामी त मिलाउन लागिपरेका थियौँ । आजै पनि अध्यक्षसँग ३ बजे छलफल राखिएको थियो’, उनले भने, ‘एकाएक राजीनामा दिएर राम्रो भएन ।’ उनले कमल थापाले अर्को पार्टी गठन गरेर आफ्नो समर्थन नरहेको पनि स्पष्ट गरे । ‘यही राप्रपामा ३० वर्ष बिताएँ । उहाँले अर्को पार्टी बनाउनु भयो भने मेरो समर्थन रहँदैन’, पाठकले भने ।

मङ्गलबार २५ माघ २०७८ ०२:३३ PM मा प्रकाशित

प्रतिक्रिया