×

संसदमा जात्रै जात्रा छ- रामकुमारी झाँक्री 

images

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले संसदमा जात्रा देखिएको टिप्पणी गरेकी छन् ।  बुधबार आयोजिर्त आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले संसद सबैको लागि रमाईलो जात्रा जस्तो भएको टिप्पणी गरेकी हुन् । 

‘अहिले हामी संसदमा जात्रा देख्दैछौँ । जुन आन्दोलनको जगमा राजनीतिमा सबै खालको विचारले प्रतिस्पर्धा गर्न पाए । आज त्यही व्यवस्था र संविधानकाविरुद्ध विष बमन यो त पुनरुत्थान हो नि ।’

राजनीति दलहरूले सही ढंगले काम नगरेकै कारणले अहिले जनमत कमजोर भएको बताएकी हुन् ।  अहिले जनतामा देखिएको निरासालाई अन्त्य गर्न काम गरेर देखाउन आवश्यक रहेको उनको भनाइ छ । 


 

बुधबार २५ माघ २०७९ ०२:३१ PM मा प्रकाशित

प्रतिक्रिया